आउटसाइडरको डायरी – २

यस आउटसाइडरको डायरी खण्डमा मैले ट्विटेका र फेसबुकमा स्टाटसका रुपमा पोस्टेका केही पोस्टहरु संग्रहित गर्ने प्रयास गरेको छु । पढ्नुहोला । मन परे शेयर नि गर्नुहोला । धन्यवाद ।

  • केही मित्रहरु मलाई कामको अफर गर्छन् । म कति दिनुहुन्छ भनेर सोध्छु । उ केही समय हराउछ । अनि बजारमा गाइगुइ हल्ला चल्छ, ‘उसलाई त कामको कुरा गर्नै हुन्न यार सिधै कति दिन्छस् भनेर सोध्छ । साह्रो व्यावसायीक भइसकेछ यार अचेल उ त ।’अनि, म चाँही सधै तपाईंहरुको काम भोको पेटमै गरि बस्नु ? सित्तैमा गर्दिए मिल्ने साथी, नगर्दिए व्यावसायीक । अजब छ बा । — feeling annoyed.

Bhaju Mahesh

  • एकछिन फेसबुक के डाउन भाको, दाहिने हातै भाचिए झै भको छ कसै-कसैलाई । ञिः
  • हजुर ? व्र्लड कप ? छैन त हेरेको ! सोसाइटीमा नपरे नी यत्रै सिती ! O_o
  • खै कल्ले कताबाट चुनावको टिकट पाएनन् रे; बर्षमा एकपटक घर जाने बसको टिकट नपाउनेलाई सोध टिकट नपाउनुको पीडा । #पिडीत #दशैं
  •  लुंगी हल्लाकै भरमा नेपालबाट करोडौं कुम्लाएर लान्छन्, हाम्राले भने पानीसम्म पनि माग्न पाउँदैनन् । बिडम्वना ! #नेपालीचलचित्र #हिन्दीचलचित्र #चलचित्र
  • फेसबुकमा नोटिफिकेशन आकै भरमा जन्मदिनको शुभकामना दिन छाडेको केही बर्ष भो । यसबाट कसैलाई चित्त दुखेको भए माफि । जीवनमा आफ्नो जन्मदिन त बुढी र म बाहेक कसैलाई थाहा नदिने मुन्छे जो परियो । यसलाई अन्यथा नलिनु होला । फेसबुककै भरमा एकैजनालाई बर्षमा २–३ चोटी शुभकामना दिँदा–दिँदा हत्तु भएको भोगी मुन्छे ! 
  • यसो गरेको छु, उसो गरेको छु…यती पैंसा छुट्याएको छु, उती रकम छुट्याएको छु । साला, आफ्नै गोजीबाट झिकेर दिना ला जस्तो । जनताको पैंसा जनतालाई दिन नि कस्तो नौटंकी ! — listening to Budjet Bhasan 2070.
  • काठमाण्डूकालाई मात्र पढाएर, बुझाएर, देखाएर देशले पढ्छ, बुझ्छ, देख्छ भन्ने कार्यक्रम आयोजकहरुलाई चेतना भया…जान्न, हेर्न र बुझ्न चाहने मनुवा मोफसलमा पनि त्यतीकै छन् ।
  • भूपिनको ‘चौबीस रिल’ भ्याएर अमर न्यौपानेको ‘सेतो धरती’ पढ्दै छु । दुवै कृतिमा पश्चिम नेपालको परिवेश पढ्न पाउँदा रमाइलो लागिराच । सेतो धरती पढुन्जेल भने मलाई पाँच सात बर्ष अगाडि पढेको होमनाथ सुवेदीको ‘न्याउली’ उपन्यास झल्झली याद आयो । त्यो पनि बालबिवाहकै सेरोफेरोमा केन्द्रित छ । प्रस्तुति नि गज्जव छ त्यसको । २०४३ सालमै प्रकाशित कृति हो त्यो । सेतो धरती भने हालै (प्रथम प्रकाशन २०६८) प्रकाशित । सायद समय परिवर्तनशिल छ भनेझैं आधुनिक जमानामा यसको चर्चा बढी हुनुमा सञ्चार माध्यमहरुको बदलिँदो स्वरुपले पनि होला कि !
  • अचेल केही सेलिब्रिटी, आइ मिन एककिसिमको आफ्नो ठाउँ बनाइसकेका मनुवा मित्र त कोही अग्रजलाई भेट्छु । कतिले बिर्सेको त कतिले नचिनेको ढर्रा पार्छन् । उनीहरुलाई आफू चिनाउन धेरै भूमिका बाँध्नुपर्छ । जस्तो किः सरसँग यो बेला, यो ठाउँमा भेट भाकोथ्यो नि…दाजुले त नेपाल बन्दको दिन मेरो साइकल लिएर फलानो एफएममा आफ्नो अन्तर्वाता दिन जानुभाथ्यो…दाइसँग त मैले सँगै नाटक खेलेको के त…सरले मलाई फलानो चलचित्रका लागि अडिसन लिनु भाको…अनि म त्यती रोमान्टिक छैन भनेर..हिरोको रोलमा नलेको, याद भो ?…अनि सरलाई मैले मेरो क्यानभाष, ब्रस देको के त तपाईंको विज्ञापन खिच्नको लागि…बिर्सनु भो ?…..अजव छ । यस्तो किन हुन्छ होला है ?
  • के पायो जुन तारा छुनेले,
    के पायो आकाश छुनेले,
    जिन्दगी आखिर भुँइमा फुलेको सुख दुःखको कथा हो ।# Banphool: वनफूल (शव्दः महेश पौड्याल)
  • काकाकुल पोखरा ! आज हाइवे हेर्ने योजना तुहिएको छ । आज फेरि पानी खोज्न जानु छ । आज फेरि त्यही रंगिविरंगी भिडमा तछाडमछाड गर्नु छ । किनकी आज पानी खोज्न जानु छ !
  • आज बिहानै चिया समयमा सिनेम्याक्सबाट भ्यानडमको एउटा चलचित्र हेरियो । अब भ्यानडम भनेसि कस्ता चलचित्र हुन्छन् भनेर भनिरन नपर्ला ! चलचित्र गज्जव राम्रो थियो । सरी नाम चाँहि था भएन । चलचित्रमा हिरोको हतियार हामै्र नेपाली खुकुरी देखेर झन् खुशी लाग्यो । त्यही खुकुरीको भराँ भिलेन भनाउँदाहरुलाई छपाछप पारेको दृष्य मजालाग्दो थियो । चलचित्र सकियो ।केही बेरमा रिमोट स्विप गरे यता कुनै एक नेपाली टिभीमा नेपाली चलचित्रको प्रोमो आउँदैरछ । अनि त्यसका हिरोले त आम्मामा विदेशी आयातीत खेलौना बन्दुकले ढिच्यु–ढिच्यु, भिलेन भनाउँदाहरूलाई दि‘रा ।

    अब फरक आँफै छुटाउनुस् ! [;)]

  • मलाई मोफसलका राष्ट्रिय पत्रकारहरू प्रति साह्रो सन्देह छ ! ‘खै सर अव हाम्रो काम लेख्ने हो, लेखेर पठाइदिने हो । छापे छाप्छ नत्र क्यार्ने ?’ भन्छन् । यो छापिने र नछापिनेमा कसको हात हुन्छ भन्या, अचम्म !
  • मैले पढेको थे, यो समाजमा ‘हुने खाने र हुँदा खाने’को बाहुल्यता छ । तर हैन रहेछ, यहाँ त ‘गरि खाने र गरि खान नदिने’को पो बाहुल्यता रहेछ !
  • मलाई डर यति मात्र छ कि, कतै म ढिला त हुन्न ? कतै मैले गर्नु अघि यो काम अरु कसैले गरिभ्याउने पो हो कि । मलाई डर छ, अरु झैं म पनि सवैभन्दा पहिलो हुने होडमा फस्ने त हैन !
  • रंग छर्ने कुची समाउने हातमा बारुद छर्ने बन्दुक हुँदा कस्तो हुन्छ !?
  • ह्या नाटक…! नाटकको पनि कसैले कभर गर्छन् !? वाँ राजेश हमाल, मह, अमृत गुरुङ्
    लगायतका आएका छन्…उनीरुको पछि लाग्न छाँडेर, काँ नाटकको पछि लाग्ने यार ! –
    पोखराका केही पत्रकार भनाउँदाहरु !!!
  • साथीहरुको लिस्ट बढाउनको लागि मात्र
    साथीहरुलाई Friend लिष्टमा याड नगरौं न साथी हो ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s