आउटसाइडरको डायरी– १

केटाकेटीपना ! अचम्म ! कहिले काहिँ रमाइलोपन त कहिले काहिँको आफ्नै ढिठ ।

आज बिहान म बस्ने घरमा पोचा लाउने दिदीको छोराले देखाको कर्तुत…केटो त्यस्तै ५–६ बर्षको हुनुपर्छ । उसले गेटको ग्रिल यताउता सार्र्दै खेल्दै थियो । आमा चाहिँले ‘बाबु, त्यस्तो नगर हात च्याप्छ ।’ भन्दै सम्झाउँदै थिइन् । केटो के मान्थ्यो । झन् घ्वार्र..घ्वार्र..ग्रिल यता अनि उता चलाई नै रह्यो । आमा भने पोचा लाउँदै, ग्रिलको आवाज सुन्ने बित्तिकै ‘हात च्याप्छ है, हात च्याप्छ ।’ भन्दै थिइन् । केटो ‘च्याप्दैंन’ भन्दै चलि नै रहेको थियो ।

आमा पोचा लाउँदै–लाउँदै बार्दलीतिर पुगिछिन् । केहीबेरमा केटो अत्तालिएर चिच्याएको आवाज आयो ‘आइया, ममी आइया !’ आमा दौडदैं आइपुगिन् ।

‘भनेको हैन मैले ? कति चल्न सकेको त ।’

यता फुच्चेको हात नभएर खुट्टा चाहिँ च्यापिएको र‘छ ।

आमाले उसको च्यापिएको खुट्टा हतपत निकालिदिइन् । अनि केटाको टाउकोमा मुड्कि हान्दै ‘मैले त भनेकै हो नि, हात च्याप्छ भनेर !’

केटोले रुन्चे स्वर गर्दै भन्यो, ‘अ…तपाईंले हात पो च्पाप्छ भनेको त…खुट्टा भन्नु भा‘थो र ?’

शुभम् !

भाजु महेश, २०६७ चैत ११ गते, शुक्रबार

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s